Logo
२१ कार्तिक २०८१, बुधबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरिम कार्यविधि पारित, तस्विरमा हेर्नुस् प्रदेशहरुको बैठक

जनकपुरधाम : प्रदेश नं २ को प्रदेशसभाको आजको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ । शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभामा अपराह्न १२ः५ बजे शुरू भएको बैठक १ः३० बजे सकिएको हो । कार्यविधिबमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य सन्तमाया मोक्तान, अनिता देवी, नवलकिशोर, शिवचन्द्र चौधरी र मोहम्मद शविमलाई मनोनयन गरिएको छ ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले कार्यव्यवस्था समितिमा ज्ञानेन्द्र यादव, योगेन्द्र राय, मनीष सुमन, शत्रुधन महतो, प्रमोदकुमार यादव, रामसरोज यादव, शोभा लामा, सावित्री देवी, अब्दुल कलाम, रामकुमार साह र ज्वाला साहलाई मनोनयन गरिएको जानकारी दिनुभयो ।

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि आगामी फागुन २ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका यही माघ २९ गते सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते अपराह्न १ बजे बस्नेछ ।

तस्विरमा हेर्नुस् प्रदेश २, ७ र ५ को बैठक :

धनगढीमा प्रदेशसभा भवन परिसरमा प्रदेश–७ को पहिलो प्रदेशसभा बैठकमा सहभागीका लागि आइतबार नाम दर्ता गराउन लामबद्ध सदस्यहरु ।
धनगढीमा प्रदेश–७ को आइतबारको प्रदेशसभा बैठकका लागि तयार पारिएको सभाकक्ष ।
धनगढीमा प्रदेश–७ को पहिलो प्रदेशसभा बैठकमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरु
धनगढीमा प्रदेश–७ को पहिलो प्रदेशसभा बैठकमा अध्यक्षता गर्दै ज्येष्ठ सदस्य दिव्यश्वरी शाह
बुटवलमा प्रदेश नं ५ को प्रदेशसभा बैठकको आइतबार अध्यक्षता गर्दै प्रदेशसभाका जेष्ठ सदस्य बलदेब शर्मा पोखरेल
बुटवलमा प्रदेश नं ५ को प्रदेशसभा बैठकको आइतबार अध्यक्षता गर्दै प्रदेशसभाका जेष्ठ सदस्य बलदेब शर्मा पोखरेल
जनकपुरधाममा प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठक आइतबार ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षता बस्दै । बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ
बुटवलमा प्रदेश–५ को प्रदेशसभा भवनमा आइतबार पहिलो बैठकका लागि सदस्यको स्वागतार्थ बनाइएको स्वागतद्वार । तस्विरहरु : रासस

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्