Logo
३ आश्विन २०८१, बिहीबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को बैठक सुरु, शहिदका तस्वीर नराखेको भन्दै २ मिनेट अवरोध

धनुषा :  प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन शुरु भएको छ । सभामुख तोकि नसकेकाले ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठकको अध्यक्षता गरेका छन् । बैठकको सुरुवात राष्ट्रिय गानबाट गरिएको छ ।

राष्ट्रिय गानपछि शहीदप्रति एक मिनेट मौन धारण गरिएको छ । तर मधेस आन्दोलनका क्रममा शहीद भएकाको तस्बिर सभाहलमा नराखेको भन्दै राजपाका सांसद मनिष सुमनले विरोध गर्दा बैैठकमा २ मिनेट अवरोध भयो र लगत्तै राजपाका सांसद डिम्पल झाले पनि मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सबै सांसदहरु आ-आफ्नो स्थानबाट उठे । बैठकका अध्यक्षले शहीदको तस्बिर राख्ने प्रतिबद्धता जनाएपछि बैठक अहिले चलिरहेको छ ।

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्