Logo
३ आश्विन २०८१, बिहीबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रमाङ्गक ९ मा मुख्यसचिव २६ औं मा शाखा अधिकृत (सबै क्रमाङ्गक सहित)

काठमाडौं : प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिहरुलाई समेत समेटेर सरकारले नयाँ मर्यादाक्रम बनाएको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले नयाँ मर्यादाक्रम तय गरेको हो । यसअघि बनाइएको मर्यादाक्रममा स्थानीय तहका अधिकारीहरुले असन्तुष्टि जनाएपछि सरकारले नयाँ मर्यादाक्रम बनाएको हो ।

पूर्वराष्ट्रपति भन्दा प्रदेश प्रमुख माथि
नयाँ मर्यादाक्रमअनुसार प्रदेश प्रमुख पूर्वराष्ट्रपति तथा उपप्रधानमन्त्रीभन्दा माथि छन् । गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीका अनुसार प्रदेश प्रमुखलाई ७ नम्बरमा राखिएको छ । त्यस्तै प्रदेशका मुख्यमन्त्री र केन्द्रीय मन्त्रीको मर्यादा एउटै हुने भएको छ ।

यस्तो छ मर्यादाक्रम :

१. राष्ट्रपति

२. उपराष्ट्रपति

३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीश

५. प्रतिनिधिसभाको सभामुखराष्ट्रिय सभाको अध्यक्ष

६. पूर्वराष्ट्रपतिउपप्रधानमन्त्री

७. प्रदेश प्रमुखसंघीय सरकारको मन्त्रीप्रतिनिधिसभाको विपक्षी दलको नेताराष्ट्रिय सभाको विपक्षी दलका नेतापूर्वउपराष्ट्रपतिपूर्वप्रधानमन्त्रीमन्त्रिपरिषद्का पूर्वअध्यक्षपूर्वप्रधानन्यायाधीशप्रतिनिधिसभाका उपसभामुखराष्ट्रिय सभाका उपाध्यक्षप्रदेश सरकारका मुख्यमन्त्रीव्यवस्थापिकासंसद्का पूर्वसभामुखसंविधानसभाका पूर्वअध्यक्षप्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष

८. राज्यमन्त्रीप्रतिनिधिसभा तथा राष्ट्रिय सभाका विभिन्न समितिका सभापति तथा अध्यक्षराष्ट्रिय योजना आयोगका उपाध्यक्षसर्वोच्च अदालतका न्यायाधीशन्यायपरिषद्का सदस्यसंवैधानिक निकायका प्रमुखमहान्यायाधिवक्तासहायकमन्त्रीप्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यपूर्वउपप्रधानमन्त्री

९. संवैधानिक निकायका सदस्य तथा आयुक्तनेपाल सरकारका मुख्यसचिवप्रधानसेनापतिसंघीय संसद्का महासचिवसर्वोच्च अदालतका मुख्य रजिस्ट्रारउच्च अदालतका मुख्य न्यायाधीशनेपाल राष्ट्र बैंकका गभर्नरप्रज्ञा प्रतिष्ठानका कुलपतिविश्वविद्यालयका उपकुलपति।

१०. प्रदेश सभाका सभामुखप्रदेश सरकारका मन्त्रीराष्ट्रिय योजना आयोगका सदस्य ।

११. नेपाल सरकारका सचिवनेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतसर्वोच्च अदालतका रजिष्ट्रारनायब महान्यायाधिवक्ताउपमहालेखापरीक्षकप्रदेश सरकारका प्रमुख सचिवप्रज्ञा प्रतिष्ठानका उपकुलपतिविश्वविद्यालयका प्राध्यापकनेपालस्थित विदेशी राजदूतसार्कका महासचिवनेपाली राजदूत ।

१२. रथीप्रहरी महानिरीक्षकसशस्त्र प्रहरी महानिरीक्षकमुख्य अनुसन्धान निर्देशक ९राष्ट्रिय अनुसन्धान विभाग०नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक ।

१३. प्रदेश सभाका उपसभामुखप्रदेश सरकारका राज्यमन्त्रीप्रदेश सभाका विभिन्न समितिका सभापतिउच्च अदालतका न्यायाधीशप्रदेश लोकसेवा आयोगका अध्यक्षमुख्य न्यायाधिवक्तापूर्वमन्त्री ।

१४. प्रदेश सरकारका सहायकमन्त्रीप्रदेश सभा सदस्य ।

१५. महानगरपालिकाका प्रमुखपूर्वराज्यमन्त्रीपूर्वसहायकमन्त्रीसंविधानसभा(व्यवस्थापिका संसद (प्रतिनिधिसभा(राष्ट्रिय सभाका पूर्वसदस्य ।

१६ उपरथीप्रहरी अतिरिक्त महानिरीक्षकसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकराष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ।

१७. जिल्ला समन्वय समितिका प्रमुखप्रदेश लोकसेवा आयोगका सदस्यप्रदेश न्यायसेवा आयोगका सदस्य

१८. उपमहानगरपालिकाका प्रमुखमहानगरपालिकाका उपप्रमुखनेपाल सरकारका सहसचिवमहानिर्देशकउपमहानिर्देशकराजपत्रांकित प्रथम श्रेणीका अधिकृतप्रदेश सरकारका सचिवजिल्ला न्यायाधीशविश्वविद्यालयका सहप्राध्यापक ।

१९. सहायक रथीप्रहरी नायब महानिरीक्षकसशस्त्र प्रहरी नायब महानिरीक्षकराष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशकप्रदेश सरकारका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतस्थानीय तहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत ।

२०. नगरपालिकाका प्रमुखउपमहानगरपालिकाक
ा उपप्रमुखनेपालस्थित विदेशी कन्सुलर जनरलनेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख ।
२१. गाउँपालिकाका अध्यक्षनगरपालिकाका उपप्रमुखमहासेनानीप्रहरी वरिष्ठ उपरीक्षकसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकराष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ।

२२. नेपाल सरकारका उपसचिवनिर्देशकनेपाल सरकारका राजपत्रांकित द्वितीय क्षेणीका अधिकृतप्रमुख सेनानीप्रहरी उपरीक्षकसशस्त्र प्रहरी उपरीक्षकराष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशकविश्वविद्यालयका उपप्राध्यापकगाउँपालिकाका उपाध्यक्ष ।

२३. सेनानीप्रहरी नायव उपरीक्षकसशस्त्र प्रहरी नायब उपरीक्षकराष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ।

२४. सहसेनानीनेपाल सरकारका शाखा अधिकृतराजपत्रांकित तृतीय श्रेणीका अधिकृतविश्वविद्यायका सहायक प्राध्यापक

२५. उपसेनानीप्रहरी निरीक्षकसशस्त्र प्रहरी निरीक्षकराष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ।

२६. प्रदेश सरकारका शाखा अधिकृतस्थानीय तहका शाखा अधिकृतप्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत ।

२७. सहायक सेनानी ।

 

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्