Logo
३ आश्विन २०८१, बिहीबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कृतको मेडिकल रिपोर्ट : ‘योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ ‘

काठमाडौं : दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा बलात्कारको सिकार भएकी युवतिको बयान फेरिदा अनुसन्धानमा समस्या भएको छ भने मेडिकल रिपोर्टले पनि झन अप्ठ्यारोमा पारेको छ । रिपोर्टमा सामुहिक बलात्कार भएको संकेत नभेटिएको स्वास्थ्य परीक्षणमा संलग्नले बताएको छ । अघिल्लो साताको बिहीबार होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट आज आएको छ ।

बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला नपरेको र पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ देखिएको स्वास्थ्य परिक्षणमा संलग्नहरुले उल्लेख गरेका छन् । पहिलेदेखि नै यौनाङ्ग सक्रिय हुने गरेकाले पनि बलात्कारको प्रमाण फेला नपरेको अनुमान गरिएको छ । यद्यपी स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत पनि मिलेको छ ।

काठमाडौं प्रहरी परिसरले बनाएको छानविन टोलीले मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताएको छ । प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । पीडित भनेकी युवतीले सुरुमा आफूलाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी दिएकी थिइन् । पछि उनैले राजिखुशीमा यौन सम्पर्क गरेको भनेर बयान फेरेकी थिइन् ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्