Logo
३ आश्विन २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा संगिन आरोप लागेका पराजुलीले वीरगंजमा गरे आर्दशका कुरा

वीरगंज : काठमाडौं स्थित संगिन आरोपसहित निवेदन नै दर्ता भएता पनि प्रधानन्यायाधीसले भने वीरगंजमा निकै आर्दशका कुरा गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय न्यायिक समितिले राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्नुपर्ने बताए ।

न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतले आज यहाँ आयोजना गरेको ‘न्यायमा सहज पहुचका लागि स्थानीय न्यायिक समितिको भूमिका’ विषयक अन्तरक्रियामा उनले सबैलाई चित्त बुझ्ने गरी न्याय सम्पादन गर्नु न्यायिक समितिका लागि चुनौती र अवसर भएकाले सकारात्मक न्याय सम्पादन गरेर अभिभावकको भूमिका खेल्नुपर्ने बताए । प्रधानन्यायाधीश पराजुली बुधवार नै ज्यान मार्ने धम्की दिउको भन्दै काठमाडौंमा निवेदन परेको हो ।

स्थानीय न्यायिक समितिलाई संविधान र कानुनले ठूलो अभिभारा दिएको उल्लेख गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायिक मन प्रयोग गरेर न्याय सम्पादन गर्न आग्रह गर्दै पार्टीको विचारभन्दा माथि उठेर साझा व्यक्तिका रुपमा काम गर्दा नागरिकलाई सहज न्याय दिन सफल हुने विचार व्यक्त गरे ।

न्यायमा पहुच आयोगका सदस्य मीरा खड्काको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, उच्च अदालतका कुमारप्रसाद पोखरेल, मुख्यन्यायाधीश उदयप्रकाश चापागाईं, प्रशासकीय अदालतका रजिस्टार ममता खनाल, वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, जिल्ला समन्वय समितिका सभापति नेक महमदलगायतले धारणा राखेका थिए । अन्तरक्रियामा बारा, पर्सा र रौतहटका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्