Logo
३ आश्विन २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्दारपछि जोनको बीएण्डबी अस्पतालमा उपचार हुदै

काठमाडौं : हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका एक विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ । उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । मंगलबारदेखि नै जोनको खोजी सुरू भएको थियो । तर, नभेटिएपछि उद्धारकर्ताहरुको टोली बुधबार पनि विहान ११ बजेदेखि नै खटिएका थिए । उनी घनाजंगलमा भेटिएका हुन् । उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो विराएर हिड्दै जाने क्रममा त्यहाँ पुगेको जस्तो देखिएको छ ।

झाडीभित्र भेटिएका उनलाई निकै मुस्किलले सडकसम्म ल्याइएको थियो ।  अहिले उनको बी एण्ड बी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ र सामान्य बोल्न सक्छन् । जोन भेटिएको खबर पाएपछि आमाबुबा र परिवारका सदस्यहरु अस्पताल पुगेका थिए । छोरालाई देख्दा उनीहरु भावुक बने । फुल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा ओलेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो । सुरूमा त जंगलको बीचमा भेटिएको झोलामा के के छ भन्ने लाग्यो । तर, खोलेर हेर्दा एउटा पेन र चच्चा भेट्टियो ।

उनका अनुसार जोन झाडीमा अड्एिका थिए । सुरुमा भेट्दा अचेत जस्तो देखिएका जोनलाई उद्दारकर्ताहरुले बोलाए । उनले आँखा खोले र बेस्सरी रोए । ‘तिम्रो नाम जोन हो भन्दा टाउको हल्लायो । अनि हामीले पानी र विस्कुट दियौं’ उद्दारकर्ता आलेले भने ।

तस्विर सौजन्य : पत्रकार, प्रकृति अधिकारी

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्