Logo
३ आश्विन २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतको मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस

काठमाडौं : सर्वोच्च अदालतको मूख्य रजिस्ट्रार पदका लागि राजन भट्टराईको नाम सिफारिस भएको छ । न्याय सेवा आयोगको बुधबारको बैठकले मुख्य रजिस्ट्रारका लागि भट्टराईको नाम सिफारिस गरेको हो ।

भट्टराई अहिलेसम्म न्याय परिषदको सचिव थिए । न्याय सेवा आयोगले सिफारिस गरेको नाम मन्त्रीपरिषदले अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया टुंगिने छ । अब मन्त्रीपरिषदले अनुमोदन गरेपछि भट्टराईले न्याय सेवातर्फको प्रमुख प्रशासनीक पद सम्हाल्न पाउने छन् ।

यस्तै भट्टराई मुख्य रजिस्ट्रारमा सिफारिस भएपछि रिक्त हुन आएको न्याय परिषदको सचिवमा नृतध्वज निरौलालाई सरुवा गर्ने निर्णय पनि न्याय सेवा आयोगले गरेको छ । निरौला अहिलेसम्म बेपत्ता छानबिन अयोगका सचिव थिए ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्