Logo
१२ मंसिर २०८१, बुधबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटाउने कार्य जारी

काठमाडौँ : सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ । सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिए।खटिएकामध्ये चार सय प्रशासन र सय जना प्राविधिक तर्फका कर्मचारी रहेका छन् । मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्म अन्तरिम व्यवस्थाका लागि ती कर्मचारी खटाएको हो । कर्मचारी समायोजन भएपछि भने नयाँ कर्मचारी जानेछन् ।

“हामीले आवश्यक कर्मचारी दिनदिनै खटाइरहेका छौ” उनले भने–“कर्मचारीलाई आवश्यक हेरेर पटक – पटक खटाइएको छ ।’’ मन्त्रालयले प्रत्येक प्रदेशसभामा मुख्यमन्त्रीको कार्यालयका लागि २९ का दरले र मन्त्रालयमा २५-२९ जनाका दरले कर्मचारी खटाउने भएको छ । उनका अनुसार प्रदेश सरकार सञ्चालनका लागि एक हजार ७७८ कर्मचारी आवश्यक छ । अझै करिब एक हजार दुई सय कर्मचारी प्रदेश सरकारमा खटाउन बाँकी छ । उनले अपुग कर्मचारीलाई आवश्यकता अनुसार दिनदिनै खटाइरहेको जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालयमा सचिव र मुख्यमन्त्रीको कार्यालयमा सहसचिवको नेतृत्वमा कर्मचारी टोली खटिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत नवराज जैसीले प्रत्येक प्रदेशमा तीन जनाका दरले सहसचिव, ६ जनाको दरले उपसचिव र १० जनाका दरले शाखा अधिकृत खटिएको जानकारी दिए ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्