Logo
४ आश्विन २०८१, शुक्रबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबारमार्गमा बलात्कृत युवती सम्पर्क बिहिन

काठमाडौं : काठमाडौंको दरबारमार्गमा केही दिनअघि सामुहिक बलात्कारमा परेको भनिएकी युवती ‘गायब’ भएकी छिन् ।

सुदूरपश्चिम घर भई हाल ललितपुरमा बस्दै आएकी ती युवती उपत्यकाबाहिर पुगेको र उनको मोबाइल पनि स्विच अफ रहेको प्रहरीले जनाएको छ ।

दरबारमार्गस्थित होटल ल्यान्डमार्क होटलमा गत बिहीबार राति प्रेमीसहित पुगेकी ती युवतीले सोही रात अन्य तीन केटाले समेत आफूलाई बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी थिइन् ।

तर दरबारमार्ग प्रहरी वृतले जाहेरी समेत नलिएको आरोप लागेपछि उक्त घटनालाई गम्भीरतापूर्वक हेरिएको थियो ।

काठमाडौं प्रहरी परिसरले प्रहरी आर्थिक चलखेलमा मुछिएको हुन सक्ने आशंकामा एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्यिय छानबिन टोली गठन गरेको थियो ।

छानबिन टोलीका एक सदस्यले पीडित भनिएकी युवती उपत्यकाबाहिर रहेको र मोबाइल समेत स्विच अफ रहेका कारण अनुसन्धानमा समस्या भएको बताए ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्