Logo
४ आश्विन २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चूडामणीविरुद्ध अर्को मुद्दा दायर, सम्पत्तिको स्रोत नखुलेको निश्कर्ष

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत बिहीबारको आयोग बोर्ड बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।  अख्तियारले शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको निश्कर्ष निकाल्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार उनी माथि छानबिन गर्दा ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै स्रोत खुलेको छ ।  आन्तरिक राजस्व विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्माविरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।

यसअघि गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अभियोगपत्रमा हरेक पदाधिकारीमाथि ३ अर्ब ३४ करोड बिगो र बिगोको दोब्बर जरिवाना असुल्नुपर्ने मागदाबी गरिएको छ । तीन जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको हो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्