भिरबाट खसेको ढुंगाले लागेर चिनियाँ इन्जिनियरको मृत्यु
दोलखा : भिरबाट खसेको ढुंगाले लागेर सोमबार एकजना चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० बर्षीय सुन लिङ लङ रहेका छन् ।
घटना दोलखा स्थित दिगु लामाबगरमा भएको हो । उनी उपल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ इन्जिनियर रहेको प्रहरीले जनाएको छ ।