Logo
४ आश्विन २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ नमूना मतपत्र यसरी रहनेछन् मतभार र निर्वाचित हुने समूह

काठमाडौं  : राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् ।

 

मतभार र निर्वाचित हुने समूह
यो निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य मतदाता छन् ।

यस्तै प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् ।

निर्वाचनबाट तीन महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । निर्वाचन यहि माघ २४ गते हुनेछ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्