Logo
४ आश्विन २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धारिलो हतियार प्रयोग गरी सुरक्षागार्डको हत्या

काठमाडौं : मच्छेबहालमा एक सुरक्षागार्डको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको गएराति हत्या भएको हो । गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा तामाङलार्इ फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो । तर अस्पतालमा पौने २ बजेतिर तामाङको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए ।

तामाङ इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनी ड्युटीमै रहेका बेला हत्या भएको प्रहरीले जनाएको छ । तामाङको टाउको र हिपमा गहिरो चोट छ । अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान छ ।  प्रहरी कन्ट्रोल रुमका एक अधिकारीका अनुसार हत्यामा संलग्नको खोजी भइरहेको छ । सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्