Logo
४ आश्विन २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोल्पामा मोबाईल टावर निर्माण गर्न जहाज चार्टर

डोल्पा : डोल्पाको ठुलीभेरी नगरपािलका अन्तर्गत वडा नं ५ र ६ का सर्वसाधारणले मोवाइल फोनमा कुरा गर्न पाउने भएका छन् । नेपाल टेलिकमको नमस्ते मोवाईल टावरको सामानसँगै बिद्यार्थी नेता योगेन्द्र बुढा गाँउमा पुगेपछि उनीहरुको बर्षौदेखिको फोनमा कुरा गर्ने सपना साकार हुने भएको हो । डोल्पाको तल्लो तथा मध्य डोल्पाका विभिन्न बस्तीहरुमा तीन चार बर्षदेखि मोवाईल टावर सञ्चालनमा रहेपनि उक्त दुई वडामा भने अहिलेसम्म पनि मोवाईल टावरको सुविधा थिएन ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका बिद्यार्थी नेता बुढाले त्यहाँका जनतालाई फोन सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । बुढाले शनिबार सुर्खेतदेखि समिट एअरका तीववटा विमान चार्टर गरेर मोवाईल टावरको सामान डोल्पा पु¥याएका हुन् । फोन टावर बनेपछि देश विदेशमा कुरागर्न पाईनुका साथै फोन गर्नकै लागि एक हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता टरेको भन्दै स्थानीयबासीहरुले खुशी ब्यक्त गर्दै बुढालाई धन्यबाद दिएकाछन् ।

स्थानीय निर्वाचनमा माझफालका जनतालाई सञ्चारको समस्याबाट मुक्तगर्ने चुनावी नारा बनाएका बुढाले दश महिना भित्रै चुनावी बाचा पुरा गरेका हुन् । उक्त मोवाईल टावर ठुलीभेरी नगरपालिका वडा नं ६मा पर्ने रिनपुले डाँडामा राख्ने बताईएको छ । उक्त मोवाईएल टावर निर्माण पछि वडा नं ५ र ६ का झन्डै सातसय घरधुरी मोवाईल फोन सेवाबाट लाभान्वित हुनेछन् । डोल्पाली जनताको सञ्चार मात्र नभएर शिक्षा, स्वास्थ्य,यातायातको समस्या हलगर्नकालागि समेत अहोरात्र लागिरहने बुढाले प्रतिबद्धता गरे ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्