Logo
४ आश्विन २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई भेट्न ओली पुगे खुमलटार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्काएक्लै वार्ता बाक्लिएको छ । पछिल्लो समयमा उनीहरु एक्लाएक्लै वार्तामा व्यस्त देखिएका छन् ।

यसअघिका समयमा दाहाल ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली दाहाल निवास खुमलटार पुगेका हुन् । भेटघाटका क्रममा प्रदेशभा निर्वाचनलगायतका विषयमा कुराकानी हुने बताइएको छ । शुक्रबार चितवनबाट फर्केपछि ओली दाहालको भेटघाट बाक्लिदैँ गएको छ ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्