Logo
२१ कार्तिक २०८१, बुधबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलित र एकल महिलालाई ५५ वर्षमै सरकारले भत्ता दिने

काठमाडौँ  : प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ। अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्नेछन् ।

कामचलाउ सरकारलाई दैनिक प्रशासन चलाउनेबाहेक दीर्घकालीन असर पार्ने अरू नयाँ नीतिगत निर्णय गर्ने नैतिक तथा संवैधानिक अधिकार हुन्न । सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन थाल्नेछन् । प्रतिनिधिसभा चुनाव भइसकेपछि राजनीतिक रूपमा कामचलाउ हैसियतमा पुगेको देउवा सरकारले राज्यको ढुकुटीमा दीर्घकालीन असर पुर्‍याउने निर्णय गरेको यो पछिल्लो शृंखला हो ।

 

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्