Logo
३० कार्तिक २०८१, शुक्रबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा-फोरमले सरकार गठन र भागबण्डाबारे दियो छलफलमा तीव्रता

काठमाडौँ : प्रदेश नं २ मा सरकार बनाउन स्पष्ट बहुमत पाएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमले सभामुख उपसभामुख समेत सरकार गठनबारे तयारी थालेको छ । प्रदेश सभाको बैठक डाकिएपछि राजपा फोरमले सभामुख उपसभामुख समेत सरकार गठनबारे वार्ता र छलफललाई तीव्रता दिएका हुन् । संवैधानिक प्रवाधान अनुसार प्रदेश सभाको पहिलो बैठकको १५ दिन भित्र सभामुख उपसभामुख तोकिसक्नु पर्ने हुन्छ । भने यी दुवैमा एउटै दलका सदस्य जान पाउने छैनन । त्यस्तै लगतै सरकार गठन गर्नुपर्ने प्राधान छ ।

‘निश्चित रुपमा हामि प्रदेश सरकार तथा सभामुख उपसभामुखबारे छलफलमा सक्रिय भएकाछौं’ प्रदेशसभाको बैठक डाकिएपछि हामिलाई प्रेसर पनि भएको छ । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ‘पहिला राजपा र फोरमबीचमा बिभिन्न पदबारे छलफल हुनेछ, त्यसपछि उक्त पदमा कस्लाई पठाउने त्यसबारे हामिले आन्तरिक रुपले पार्टीगत छलफल गर्नेछौं ।’
प्रदेशसभा सांसदहरु सपथग्रहणसंगै राजपा र फोरमले प्रदेश नम्बर २ का लागि सरकार बनाउने तयारी समेत थालेको हो । तर यसका लागि मधेश गठबन्धनले एमाले वा कांग्रेस मध्ये कुनै एक शक्तिसंग गठबन्धन गर्ने गृहकार्य समेत थालेको छ ।

जम्मा १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत रहेको छ । जसमध्ये फोरमले मुख्मन्त्री र राजपाले उपमुख्यमन्त्री समेत महत्वपुर्ण मन्त्रालयहरु लिएर सरकार बनाउने मोटामोटी सम्झदारी रहेको छ । फोरमको २९ र राजपाको २५ गरेर यो गठबन्धनसंग जम्मा ५४ सिट रहेको छ । मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरु बताउनुहुन्छ । दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् ।

समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् । औपचारिक रुपमा राजपा फोरमबीच यसैबारे बैठक नबसेपनि अनौपचारिक रुपमा बिभिन्न बैठकहरु हुने गरेको राजपा महासचिव जितेन्द्र सोनलले बताए । ‘यसबारे हाम्रा राजपा फोरमका शिर्ष नेतृत्वले मोटामोटी खाका बनाउनेछन’ उनले भने त्यसपछि बल्ल हामिले आआफनो धारणा राख्नेछौं, अहिले हाम्रा शिर्ष नेताहरुबीच बिभिन्न अनौपचारिक छलफलहरु हुनेगरेका छन् ।’

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने छ । निर्वाचन आयोगले गत माघ ३ गते प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेको थियो । कुल १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत छ । समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ । यीमध्ये कुन दलले कस्तो जिम्मेवारी लिनेभन्नेमा दुवै दलमा भागबण्डा शुरु भएको छ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । प्रदेश नं २ मा मधेश केन्द्रित दलको पल्लामा भारी मत रहेकाले उनीहरुको बहुमतको सरकार बन्ने निश्चित छ । सो प्रदेशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन ठूलो जिम्मेवारी मधेश केन्द्रित दलको काँधमा छ ।

कुन दलले के जिम्मेवारी लिने भन्ने पदीय भागबण्डापछि मात्र सरकार गठनको प्रक्रिया शुरु हुने समाजवादी फोरम नेता श्रेष्ठले बताए । सिट संख्याका आधारमा फोरमले मुख्यमन्त्री र राजपाले महत्वपुर्ण मन्त्रालय सहित सभामुख पाउने लगभग पक्कपक्की मानिउको छ । प्रदेश बैठकपछि सरकार गठनको प्रक्रिया शुरु हुने हुँदा सो अवधिसम्म दलीय सम्झदारी मिलिसक्ने उनले बताए । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।

यद्यपि, आफ्ना न्यूनतम साझा कार्यक्रममा सहमत हुने अन्य राजनीतिक दललाई सरकारमा सहकार्य गर्न आवश्यक पहल गरिने नेताहरुले बताएका छन् । राजपाका महासचिव सोनलका अनुसार राष्ट्रिय निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने निर्णय भएकाले उसँग सहकार्य हुनसक्ने छ । तर सरकार गठन पक्रियामा यही गठबन्धन नहुनपनि सक्ने सोनलको भनाई रहेको छ ।

फोरम–राजपा सम्झदारी
गठबन्धन अनुसार हाल रहेको ७ ओटा मन्त्रालय अन्तरगत मुख्यमन्त्री समेत ३ ओटा मन्त्रालय फोरमले र उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय राजपाले लिने समझदारी रहेको छ । त्यस्तै सभामुख राजपाको र उपसभामुख फोरमको हुनेछ । राजपा फोरम श्रोतका अनुसार दोस्रो चरणमा मन्त्रालयको संख्या ७ बाट १० पुगाउने योजना रहेको छ । तर कांग्रेस एमाले मध्ये कुनै एकसंग गठबन्धन भए फोरम राजपाको आपसी सम्झदारमिा कुनै एउटा मन्त्रालय उस्लाई दिइने छ ।

फोरमका दावेदारहरु
प्रदेश नम्बर २ को पहिलो मुख्यमन्त्रीका लागि फोरमबाट २ जना मुख्य उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । फोरममा उपाध्यक्ष रहेका लालबाबु राउत र कोषाध्यक्ष विजय यादवले आआफना दावेदारी प्रसतूत गरेका हुन् । यस्का लागि प्रदेश सभा बोर्डमा संंसदिय दलका नेताका रुपमा उम्मेदवारी दिने दुवै जनाको दावी रहेको छ । तर पार्टी अध्यक्ष उपेन्द्र यादवको यसम्यान मानिएका विजय यादव नै संसदलिय दलका नेता बनाउने बुझिएको छ ।
समुदायको हिसावले मधेशमा सबैभन्दा बढी भोट बैंकको संख्या मानिएका यादवलाई नै मुख्यमन्त्री बनाउनुपर्ने सोचमा पार्टी अध्यक्ष यादव रहेको बताइएको छ । श्रोतले भन्यो विजय यादव संसदिय नेता भए भने राउत भने उप नेता हुनेछन् । उनी मुस्लिम समुदायका भएकाले प्रदेशमा मुस्लिम भोट बैंकमा आफनो सेयर लिन सजिलो हुने फोरमको योजना रहेको छ । उपनेता राउत सरकारमा भने महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
श्रोतका अनुसार यादव मुख्य मन्त्रि भए राउत अर्थ मन्त्री हुनेछन् । त्यसैगरि योगेन्द्रराय यादव, शैलेन्द्र साह समेत मन्त्री बन्ने दौडमा रहेका छन् ।

शाह पार्टी अध्यक्ष यदवकै क्षेत्रका प्रदेशिक सांसद हुन् भने योगेन्द्र राय यादव बिगतमा उनका पिए बसेका थिए । लामोसमय अध्यक्षको पिए भएर मन्त्रालय चलाएको अनुभव योगेन्द्ररायमा रहेको छ श्रोतले भने उनी रौतहटबाट समेत भएका कारण पनि उनको सरकारमा सहभागिता निश्चित नै छ । समानुपातिक तथा राष्टिय सभामा समेतमा रौतहटबाट कोही परेका छैनन् भने रौतहटबाट निर्वाजित यादव एक्कल जनप्रतिनिधि हुन् । मुख्यमन्त्री समेत मात्र २ ओटा मन्त्रालय पाउने फोरमले साह र यादव दुवैलाई सरकारमा सहभागी गराउने बताइएको छ ।

राजपाका दावेदारहरु
बरिष्ट उपाध्यक्ष नवलकिसोर साहको नेतृत्वमा राजपा प्रदेश सरकारमा सहभागी हुने बुझिएको छ । उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय पाउने बताएका राजपामा संसदिय दलका नेताका लागि मुख्यत ३ जनाको प्रमुख दावेदारी रहेको छ । साह समेत जितेन्द्र सोनल र मनिषकुमार सुमनले आआफना दावेदारी प्रस्तूत गरिरहेका छन् । तर बरिष्ठताका अधारमा साहकै नेतृत्व हुने संभावना देखन्छ ।

सोनल र सुमन महासचिव हुन । तर साह र सुमन महतो निकट हुन भने सोनल ठाकुर निकट हुन् । सुमन पनि महतोकै यसम्यान मानिएपनि साह भने निकै लामो समयदेखि महतोका निकै नै निकटतम रहदै आएका छन् । जातिय प्रभावमा समेत साहको जनसंख्यात्मक अवस्था बलियो हुने भएकोले साह नै उपमुख्यमन्त्री समेत राजपाबाट सरकारमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरि महतोको गृहजिल्ला सर्लाहीबाट भतिजो उपेन्द्र महतो र रामनरेशराय यादवले समेत सरकारमा सहभागिताका लागि दावेदारी राखेका छन् । तर श्रोतले भन्यो महतोले रामनरेशरायलाई सभामुखमा र उपेन्द्रलाई महत्वपुर्ण कुनै मन्त्रालयको जिम्मेवारी दिने सोचमा छन् । तर रामनरेस भने महेन्द्रराय निकट भएता पनि बरिष्टताका अधार उनी पार्टीमा बरिष्ट नेता रहेका कारण उनलाई पनि ब्यवस्थापन आवश्यक रहेको छ ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्