Logo
४ आश्विन २०८१, शुक्रबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसमा भाँडभैलो : प्रवक्ता शर्मा पनि गुुट–उपगुटको छाँयामा

काठमाडौँ : मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस यतिवेला गुट र उपगुटको दलदलमा भासिएको छ । पार्टी र संगठनलाई बदल्ने उद्घोष गरेका काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा पनि त्यही गुुट–उपगुटको छाँयामा फसेको काँग्रेस सुत्रले बताएको छ । पार्टी भित्र आफ्नो उपस्थिती र हैसियत देखाउन नेतृत्वबीच हानथाप चलेको छ । नेतृत्वको यहि गुटबन्दी र संस्थागत निर्णयको अभावले काँग्रेस प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा तेश्रो स्थानमा धकेलिएको काँग्रेसका शुभचिन्तकहरुले बताएका छन् ।

थकित अनुहार र पराजीत मानसिकतामा पुग्दा समेत नेतृत्वपंक्तीको अझै होस चेत खुलेको छैन र काँग्रेस सुर्धिने अवस्था अझै देखिएको छैन । पार्टी हितको नारा भाषणमा मात्र सिमित बन्न पुगेकाले गुट उपगुटको जरा स्थानीय तहसम्म फैलिएको छ । नेताहरु आगामी १४ औं महाधिवेशनलाई लक्षित गरी गुट उपगुटको डम्फु बजाउन व्यस्त रहेपछि निष्ठावान कार्यकर्ताहरु निरास बन्न थालेको काँग्रेसका इमान्दार कार्यकर्ताहरुले बताएका छन् ।

अहिले काँग्रेसभित्र देखिने गरि सभापति शेरबहादुर देउवा गुट र वरिष्ठ नेता रामचन्द्र पौडेल गुट सतहमा आएपनि भित्रभित्रै अन्य उपगुटहरु पनि सञ्चालन भै रहेको छ । काँग्रेसको १३ औँ महाधिवेशनमा तेश्रो धारका रुपमा उदाएका कृष्ण प्रसाद सिटौला बाहेक खुमबहादुर खड्का गुट, कुलबहादुर गुरुङ्ग(केवी) र विजय गच्छदार गुट सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ । सभापति देउवा गुट भित्रै विमलेन्द्र निधिको पनि गुट सञ्चालन भै रहेको काँग्रेस श्रोतले बताएको छ ।

काँग्रेसको नीति, सिद्धान्त र नेतृत्वलाई बदल्ने तथा काँग्रेस सच्चिने उद्घोष गरेका पार्टी प्रवक्ता शर्माले काम्लामा पोखिएको सातु जस्तो बन्न पुगेको काँग्रेसलाई कसरी व्यवस्थीत गर्दछन्, भनी काँग्रेसवृत्तमा चर्चा चलेको छ । काँग्रेसमा युृवा नेता गगन थापाको परिक्षण भै सकेको छ । थापाको युवा जोश जाँगर विस्तारै थकित बन्दै गैरहेको अवस्थामा अव प्रवक्ता शर्माको परिक्षण हेर्न बाँकी रहेको समाचारमा जनाईएको छ । काँग्रेस भित्र थापा र शर्मा बाहेक चन्द्र भण्डारी, धनराज गुरुङ्ग प्रदीप पौडेल, गुरु घिमिरे र उमेशजङ्ग रायमाझि लगायतका युवा नेताहरु नेतृत्व परिवर्तन गर्न तम्सीए पनि उनीहरुलाई समेत नेतृत्वले ठेगान लगाउने र मोहमा फसाउने आशंका गरिएको छ ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्