३० बर्षे सेवा अवधि हटाउन देउवाको प्रयास अन्ततः असफल
काठमाडौंं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीमा तीस बर्षे सेवा अवधि हटाउन प्रयास थालेपनि उक्त प्रयास असफल भएको छ । समाचार श्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका थिए । तर, देउवाको प्रयास अन्ततः असफल भएको हो । नेपाल प्रहरीको मानवस्रोत विभागले तयार पारेको प्रहरी नियमावली संशोधनलाई गृहमन्त्रालयले फर्कादिएपछि मुख्यसचिव रेग्मी आफैंले फाइल मगाएर प्रधानमन्त्री कार्यालयमा राखेका थिए ।
शुक्रवार भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा सहभागीहरुबीच यसबारे निकै चर्चा चलेको थियो । कार्यक्रम स्थलमा प्रहरी प्रमुख प्रकाश अर्यालले घुमाउरो पाराले यसकुराको पुष्टि गरे । ‘यसैबारे अघिदेखि चर्चा चलेको छ, कतिलाई यही स्पष्टिकरण दिनु ?’ अर्यालले भने ‘सरकारले त बिभिन्न खालका नीति तथा योजनाहरु बनाउनु सफल हुनु असफल हुनु कुनै नौलो कुरो होइन’ उनले भने अघिदेखि यहाँ यहि चर्चा चलेको छ ।
तर त्यही आईजीपीको दौडमा रहेका डिआईजीहरु देउवाको प्रयास असफल भएकोमा जित मनाउ गर्दै थिए । गृहमन्त्रालयकै गृहकार्यमा देउवा सरकारले नेपाल प्रहरीमा ३० बर्षे हटाएर अहिलेको नेतृत्वलाई नै कायम राख्ने खेलमा लागेको थिए । तर उनको उक्त प्रयास असफल भएको छ । यो सँगै भावी आईजीपीका प्रमुख दाबेदार डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीले लामो सास फेरेका छन् ।
उनीहरुका अनुसार देउवाले जाँदाजाँदै नेपाल प्रहरीमा पजनी गर्न चाहेका थिए । तर देउवा क्याविनेटका आफ्नै मन्त्रीहरुले उक्त प्रयासमा कडा प्रतिवाद गरेपछि देउवाको योजना असफल भएको हो । प्रहरी संगठनलाई नै भद्रगोल बनाउने गरी प्रहरी नियमावली संशोधनको तयारीमा लागेका बेला देउवाकै मन्त्रीहरुले विरोध जनाएका थिए ।
प्रहरी निकट उच्च स्रोतका अनुसार हालका एआइजीहरूको सक्रियतामा ३० बर्षे सेवा अवधि परिवर्तन गर्ने प्रक्रिया सुरू गर्न प्रधानमन्त्री देउवाले गृहमन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका थिए । यदि देउवाले सुरू गरेको पजनी सफल भईदिएको भए प्रहरीका योग्य र इमान्दार पदाधिकारी मुख्य जिम्मेबारीमा कहिल्यैपनि पुग्न नसक्ने अवस्था आउने थियो ।
देउवाको उक्त प्रयास थाहा पाएकोले आईजीपीको रेसमा रहेका डिआईजीहरु हिजो रातभर नै सुत्न नसकेको स्रोतको दाबी छ ।