Logo
२१ कार्तिक २०८१, बुधबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आचारसंहितामा कडाई उल्लघंन गरे उम्मेदवारी खारेजी

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गरेमा राष्ट्रियसभा सदस्यको उम्मेदवारी खारेज गर्नुका साथै एक लाख रुपैयाँ जरिवाना तिराउने चेतावनी दिएको छ । यसअघिका निर्वाचनमा आचारसंहिता पूर्णरुपमा कार्यान्वयनमा गराउन असफल आयोगले यसपल्ट कार्यान्वयनमा कडाई गर्ने दाबी गरेको छ ।

आयोगले शुक्रबारदेखि लागू भएको आचारंसहिता पालना गर्न सबै पक्षलाई आग्रह गर्दै उल्लंघन गरेमा सम्बन्धित पक्ष वा व्यक्तिलाई सजायको दायरामा ल्याउने चेतावनी दोहोराएको हो । आयोगका प्रवक्ता नवराज ढकालले आचारसंहिता अनुसार निर्वाचनमा मतदातालाई प्रभावित वा असर गर्ने काम गर्न नपाइने बताए ।  ढकालले आचारसंहिताले कर्मचारी सरुवा, बढुवा,नियुक्ति, अनुदान वितरण लगायत गतिविधिमा रोक लगाएको बताए। यो बेला राजनीतिक दल, सरकारी कर्मचारी सबैबाट आचारसंहिताको उल्लघन हुने संभावना रहन्छ ।

चुनाव आउन १२ दिन बाँकी छँदा आयोगले लागू गरेको आचारसंहिता पालना गर्न सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय कर्मचारी, सार्वजनिक निकायका कर्मचारी, अर्धसरकारी निकायका कर्मचारी, सबै प्रकारका सुरक्षाकर्मी, राजनीतिक दल र त्यसका भातृ संगठन, उम्मेदवार र सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्त,पर्यवेक्षक, सरकारी र निजी सञ्चारमाध्यम, सरकारको अनुदानमा चल्ने निकायका कर्मचारीलाई किटान गर्दै आग्रह गरेको छ ।

 

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्