भारतले आज विश्वभर ६९ औ गणतन्त्र दिवस मनाउदै
काठमाडौं : भारतले ६९ औ गणतन्त्र दिवस बनाउदैछ । यस अवसरमा नेपालमा पनि भारतीय राजदुताबासले ६९औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । शुक्रवार दूतावासभित्रै बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएकोे छ । भारतीय दुतावासले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान दिएका छन् ।
त्यसैगरी दुतावासले विभिन्न ६० वटा पुस्तकालयलाई पुस्तकसमेत प्रदान गरेको छ । नेपालका लागि भारतीय मञ्जिवसिंह पुरीले आज सहभोजको आयोजना समेत गरेका छन् । नेपालका प्रधानमन्त्रीदेखि बिभिन्न बिष्टि ब्यक्तीहरु सहभागी हुनेछन् । शुक्रवार बिहान राजदूत पुरीले भारतको झण्डा फहराई भारतका राष्ट्रपति प्रणव मुखर्जीले गणतन्त्र दिवसका अवसरमा दिएको सन्देश पढेर सुनाएका थिए ।
भारतीय राष्ट्रपतिले दिएको सन्देशमा भारत र नेपालका जनताको आपसी मित्रता अझ बलियो हुने विश्वास व्यक्त गर्दै नेपालमा दीगो शान्ति, स्थायित्वमा जोड दिएका छन् । कार्यक्रममा भारती आवासिय विद्यालय र मोर्डन ईण्डियन इंग्लिस स्कुलका छात्र तथा छात्राहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा भारतीय सेनाका भूपू सैनिकका विधवा तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई आर्थिक सहयोगसमेत गरिएको थियो ।
यसैगरी भारतले विश्वभर नै यो दिवस बनाउदैछन् । उस्ले आआना दुतावास तथा महावाणिज्य कार्यालयको माध्यमबाट यो दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरि मनाउँदैछन् ।