मुसलमानहरुका लागि बिहीबार इदको सार्वजनिक विदा
काठमाडौं । मुस्लीम समुदायको ठूलो चाड इद उल फित्रको सार्वजनिक विदा सरकारले बिहीबार दिने भएको छ ।
यसअघि गृहले नै बिदाको दिन तय नभएको भन्दै बिज्ञप्ती जारेको थियो ।
गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले इदको विदा भोलि बिहीबार दिने निर्णय भएको जानकारी दिए ।
यसअघि बुधबार इदको सार्बजनिक विदा हुने हल्ला चलेपछि गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर खण्डन गरेको थियो ।