Logo
२१ कार्तिक २०८१, बुधबार
(January 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमै पुगेर प्रधानमन्त्रीले बिरामीलाई बाँडे भत्ता

काठमाडौं : सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल कर्ड इन्जुरीपछि प्यारालाइसिसको समस्या भोगेका विरामीलाई जिविकोपार्जन भत्ता स्वरुप मासिक पाँच हजार रुपैयाँ वितरण गर्न थालेको छ । अस्पताल नै पुगेर भत्ता वितरण गरेका प्रधानमन्त्री देउवाले विरामीलाई दिने भत्ता सूर्तिजन्य पदार्थमाथि लगाइएको अतिरिक्त करबाट असुलिएको र त्यसबाट राज्यकोषलाई कुनै पनि अतिरिक्त भार नपर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार वीर अस्पतालद्धारा राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममार्फत २९ जना त्यस्ता बिरामीलाई भत्ता वितरण गरेर याे याेजनाकाे थालनीलाइ अाैपचारिकता दिएका हुन् । भत्ता पाउनेमा वीरमै क्यान्सरको उपचार गराइरहेका १२, मिर्गौलाको उपचार गराइरहेका ११ र प्यारालाइसिसको उपचार गराइरहेका ६ जना विरामी छन् ।

सरकारी तथ्यांक अनुसार करिब १७ हजार क्यान्सर, मिर्गौला तथा स्पाइनल कर्ड इन्जुरीका विरामी रहेको नेपालमा धेरैले उपचार मंहगो भन्दै त्यसबाट बञ्चित हुनु परेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति: Jan 25, 2018

प्रतिक्रिया दिनुहोस्