Logo
४ आश्विन २०८१, शुक्रबार
(January 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक सथ प्रदेश सभाहरुको पहिलो बैठकको मिति तय

काठमाडौं । सातवटै प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । प्रदेश ५ का प्रमुख उमाकान्त झाका अनुसार संवैधानिक ब्यवस्था अनुसार सबै प्रदेशहरुको सल्लाहमै करिब–करिब एकै बैठक हुन लागिउको बताए ।

बिहिबार नागरिक टाइम्ससंग टेलिफोनमा कुराकानी गर्दै झाले पहिलो बैठकले प्रदेशको नामदेखि सभामुख लगायतको बारेमा समेत छलफल हुने बताए । ‘बैठकका ऐजेण्डाहरुबारे छलफल जारी नै छ अहिलेलाई मितिबारे मात्रै टुङ्गो लागेको छ’ उनले भने सबै प्रदेशरुको पहिलो बैठकको एजेण्डा उस्ताउस्तै हुने छ । झाले संबैधानिक ब्यबस्था अनुसार नै सरकार गठन हुने बताए ।

उनले कानुनमा भएको ब्यबस्था अनुसार र तोकिएकै मितिभित्र सरकार गठन गर्ने भन्दै उनले भने ‘तत्काल २ वटा गर्नुपर्ने काम छ, प्रदेशसभा बोलाउने र सरकार गठन गर्ने,’ ।

संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन बोलाइएको छ भने प्रदेश १ ले औपचारिक रुपमा बैठक आह्वान गर्न बाँकी छ ।

त्यसैगरी प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले माघ २१ का लागि पहिलो बैठक आह्वान गरेका छन् । उनले माघ ७ मा प्रदेशसभा सदस्यहरुलको सपथ सकिए लगत्तै पहिलो बैठकको आह्वान गरेका थिए । प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ का लागि प्रदेशसभाको पहिलो बैठक आह्वान गरेकी छिन् ।

प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि बैठक आह्वान गरेका छन् भने प्रदेश ५ का प्रमुख उमाकान्त झाले माघ २३ गतेका लागि पहिलो बैठक बोलाएका छन् । प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले पनि माघ २१ गत नै पहिलो बैठक बोलाएका छन् । यस्तै, प्रदेश ७ को पहिलो बैठक पनि प्रदेश प्रमुख मोहनराज मल्लले माघ २१ गते नै बोलाएका छन् ।

२० दिनभित्र प्रदेशसभाको अधिवेशन
संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ । मंसिर १० र २१ गते भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम माघ ३ गते घोषणा भएको थियो । प्रदेश प्रमुखहरुले माघ ५ गते सपथ खाएपछि निर्वाचन आयोगले सोही दिन निर्वाचनको अन्तिम परिणाम बुझाएको थियो । नवनिर्वाचित प्रदेशसभाका सदस्यहरुले माघ ७ गते सपथ खाएका थिए ।

पन्ध्र दिनभित्र सभामुख र उपसभामुख
संवैधानिक ब्यवस्था अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने ब्यवस्था छ । यसरी चुनिदा प्रदेश सभामुख वा प्रदेश उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने छ भने प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।

समय समयमा अन्य अधिवेशन त्यस्तै संवैधानिक ब्यवस्था अनुसार तर प्रदेश सभामा एक भन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा पर्ने छैन । त्यसपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्नेछ ।

तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महीनाभन्दा बढी हुने छैन । त्यस्तै, प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशनको अन्त्य गर्न सक्नेछ । भने प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ ।

त्यस्तै, प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नेछ ।

प्रकाशित मिति: Jan 25, 2018

प्रतिक्रिया दिनुहोस्