Logo
४ आश्विन २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् राष्ट्रिय सभाका १७ जना निर्विरोध सांसद ! (सूचिसहित)

काठमाडौं : राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ । ५६ पदका लागि ८३ जनाको उम्मेदवारी परेकोमा १७ जना निर्विरोध भएका हुन् । निर्वाचन आयोगका अनुसार एमाले ६, कांग्रेस ५, माओवादी ३, संघीय समाजवादी फोरम २ र राष्ट्रिय जनता पार्टी (राजपा) का एक गरी १७ जना उम्मेदवार निर्विरोध भएका हुन् ।

प्रदेश नम्बर १ मा तीन, प्रदेश २ मा पाँच, प्रदेश ५ मा तीन र प्रदेश ७ मा ६ जना निर्विरोध भएका हुन्। प्रदेश नम्बर ३, ४ र ६ मा भने कुनै पनि उम्मेदवार निर्विरोध भएका छैनन् । तर यसको घोषणा भने नहुने भएको छ निर्वाचन आयोगका प्वक्ता नवराज ढकालले सबै पक्रिया पुरा गरे निरविरोध या्ग्य भए मात्र निर्वाचित भएको औपचारिक रुपमा घोषणा गरिने बताए ।

यही हुन् निर्विरोध १७ उम्मेदवार

प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)

प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिला यादव (फोरम)
रामप्रीत पासवा (फोरम)
वेषशचन्द्र लाल (राजपा)

प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)

प्रदेश ७
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
बद्री पाण्डे (कांग्रेस)
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्