Logo
२१ कार्तिक २०८१, बुधबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णय, राहतमा एक लाख थप

काठमाडौँ : सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको हो । साथै सरकारले हाल दिदै आएको समाजिक सुरक्षा भत्ता बढाउने निर्णय समेत गरेको छ । त्यस्तै सरकारले भूकम्प र बाढीपहिरो पीडितलाई दिने राहतमा एक लाख रुपैयाँ थप गरेको जानकारी सिंचाइमन्त्री सञ्जय गौतमले दिए ।

साथै सरकारले भूकम्पपीडितलाई पाउने किस्ता रकमको समयावधि थप्ने निर्णय समेत गरेको छ ।
यसअघि भूकम्पपीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय भइसकेको छ । यसैबीच, शहरीविकास मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले विभिन्न १५ नगर विकास समिति अध्यक्षमा आफ्नो पार्टीका कार्यकर्तालाई नियुक्ति दिने विवादास्पद निर्णय समेत गरेका छन् ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्