भारतले नेपाली सीमा मिचेको भन्दै सरकार विरुद्ध रिट दायर
काठमाडौं : सरकारले सिमा मिचिएको छैन भनिरहदा सर्वोच्च अदालतमा सरकार विरुद्ध नै रिट दायर
भएको छ । भारतले वीरगञ्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेको हो ।
रिटमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाईएको छ ।