चेलीबेटी बेचबिखन आरोपमा पक्राउ परेका अध्यक्षलाई ८ लाख धरौटीमा छोड्ने आदेश
काठमाडौं : चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै रहेकोले केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरि ‘जिउ मास्नेबेच्ने सम्बन्धी पुरानो फैसला कार्यान्वयन बाँकी नै छ भनि सीआईबी प्रवक्ता जीवनले भनेका छन् ।
दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लगाई उनले दिल्ली र मुम्बईमा बेश्यालयसमेत सञ्चालन गरेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।