Logo
४ आश्विन २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा निर्वाचन : यस्तो छ, मतदाता अंकगणित

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताहरूको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले आइतबार उक्त नामावली सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो । प्रदेश सांसदले आइतबार शपथ लिएसँगै अवरुद्ध राजनीतिक प्रक्रिया अगाडि बढेको हो । अव सवैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित भएको छ ।

कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८/८ जना चुनावबाट निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । आउदो माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय भएको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि प्रदेश सरकार निर्माणदेखि राष्ट्रियसभा सदस्य निर्वाचन गर्न समेत सहज भएको छ । दलहरु अव प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा एकै साथ लागेका छन् । दलहरुले बहुमत प्राप्त प्रदेशमा प्रादेशिक सरकार गठनको गृहकार्य र राष्ट्रियसभा निर्वाचन तयारी शुरु गरिसकेका छन् ।

प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकाय प्रमुख र उपप्रमुखको १८ हुनेछ । यहीँ मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् । दुई गठबनन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका दलहरुले राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि पुरानै गठबन्धनका आधारमा चुनाव लडने तयारी गरेका छन् । ‘राष्ट्रियसभामा ५६ सांसद निर्वाचित हुने छन् । अरु निर्वाचनजस्तो आममतदता यो निर्वाचनका हुने छैनन्’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने ‘मतदाताले कहाँ मत राख्छन भन्ने करिव–करिव सुनिश्चत छ, कसले कति सिट जित्छन् भन्ने पनि लगभग निश्चित छ ।’ उनका अनसार चुनावका लागि हरेक प्रदेशको उच्चअदालत रहेको स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यलय तोकिएको छ ।

४२ सिटमा बामको उम्मेदवारी
यता, बाम गठबन्धनले आफ्नो मतदाता अनुसार देशभर गरि जम्मा ४० सिटमा उम्मेदवारी दिदैछन् । स्थानिय तह, प्रदेश सभा सदस्य गरि लगभग ४० ओटा सिटमा जित्न सक्ने अवस्था देखिएपछि सोही संख्यात्मक सिटमा हामिले उम्मेदवारी दिनेछौं एमाले नेता प्रदिप ज्ञावालीले भने हामिले कतिओटा सिट पाउछौं त्यो छर्लङ्ग नै छ तर्सथ हामिले सोही अनुसारबाट उम्मेदवारी दिनेछौं । ज्ञावालीका अनुसार १६ सिटमा बामगठबन्धनका उम्मेदवार भने हुने छैनन ।

लोकतान्त्रिक गठबन्धनको कसरत
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका बेला राजपा फोरम बाहेक प्राय सबै दललाई मिलाएर लोकतान्त्रिक गठबन्धन बनाएका नेपाली काँग्रेसले फेरि यो गठबन्धन बनाउने कसरत थालेको छ ।
बिगतमा राजपा फोरमसँग औपचारिक रुपमा गठबन्धन नभएपनि अनौपचारिक रुपमा आ–आफना उम्मेदवार फिर्ता भने गरेका थिए । यसका लागि काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल गृहकार्यमा जुटेका छन् । राष्ट्रियसभा चुनावमा तालमेल गर्ने भन्दै यी दलका नेताहरु लोकतान्त्रिक गठबन्धन औपचारिक्ता दिन लागिपरेका हुन् ।

मतदाता अंकगणित
प्रदेश नं १ :
प्रदेश नं १ मा सवैभन्दा बढि प्रदेश सांसद एमालेका छन् । यहाँ एमालेका ५१ सांसद छन् ।
त्यसैगरी दोस्रोमा कांग्रेसका २१, माओवादी १५, संघीय समाजवादी फोरम ३, राप्रपा १ र स्वतन्त्र १ गरी जम्मा ९३ जना रहेका छन् । तर, प्रदेश १ मा प्रदेश सांसद र स्थानीय प्रमुख उप्रप्रमुखसहित सवै गरेर राष्ट्रियसभाका मतदता ३६७ जना हुनेछन् ।

प्रदेश २ :
यो प्रदेशमा सवैभन्दा बढि २९ जना प्रदेश सांसद फोरमका छन् । दोस्रोमा राजपा २५, तेस्रोमा एमाले २१ र चौथोमा काँग्रेस १९ जना सांसद छन् । त्यसैगरी माओवादी ११ ने.स.स १ र स्वतन्त्र १ गरी १०७ सांसद रहेका छन् । त्यस्तै, यो प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख २७२ जना छन् सवै गर्दा यो प्रदेशमा राष्ट्रियसभाका ३७९ मतदता हुने भएका छन् । स्थानिय तहमा पनि फोरम राजपाकै बलियो स्थान छ ।

प्रदेश ३ :
प्रदेश नं ३ मा एमालेका सवैभन्दा बढि प्रदेश सांसद निर्वाचित भएका छन् । यहाँ एमालेका ५८ सांसद छन् भने दोस्रोमा माओवादी २३ र तेस्रोमा कांग्रेस २१ जना छन् । यहाँ विवेकशील ३, नेमकिपा २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद गर्दा ११० सांसद छन् । यो प्रदेश सवैभन्दा बढि सांसद भएको प्रदेश पनि हो ।
यो प्रदेशमा स्वतन्त्र सांसद भने छैनन । यो प्रदेशमा प्रदेश सांसद अलवा स्थानीय निकायका प्रमुख तथा उपप्रमुख २३८ जना छन् यो सवै जोड्दा यो प्रदेशका राष्ट्रियसभा सदस्यका मतदता ३४८ भएका छन् ।

प्रदेश ४ :
चार नम्बर प्रदेशमा पनि एमालेका सांसद नै बढि छन् । यो प्रदेशमा एमालेका २७, काँग्रेसका १५, माओवादी १२ छन् भने राजमोका ३ सांसद छन् । त्यस्तै नयाँ शक्ति २ र स्वतन्त्र १ गरी यो प्रदेशमा ६० प्रदेशसभा सांसद छन् । चार नम्बर प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख १७० जोड्दा राष्ट्रियसभाका लागि २३० मतदता भएका छन् ।
तर, यो प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङगेले शपथ लिएका छैनन ।

प्रदेश ५ :
५ नम्बर प्रदेशमा पनि एमाले नै सांसद नै बढि छन् । यहाँ एमालेका ४१ सांसद छन् भने दोस्रोमा माओवादी २० र तेस्रोमा काँग्रेसका १९ छन् । त्यस्तै संघीय समाजवादी फोरम ५ राजपा र राजमो एकएक सांसद छन् । यो जोड्दा ८७ सांसद हुन्छन् । उता, स्थानीय तहमा यो प्रदेशमा २१८ मतदाता छन् प्रदेश सांसद र स्थानीय प्रमुख र उपप्रमुख जोड्दा ३०५ जना मतदता हुनेछन् ।

प्रदेश ६ :
६ नम्बर प्रदेशमा एमाले २०, माओवादी १३, कांग्रेस ६ र राप्रपा १ प्रदेश सांसद छन् । यो प्रदेशमा ४० प्रदेश सांसद छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख १५८ जोड्दा १९८ राष्ट्रियसभाका लागि मतदाता भएका छन् ।

प्रदेश ७ :

सात नम्बर प्रदेशमा ५३ जना सांसद छन् जसमध्ये एमालेका २५ माओवादीका १४, काँग्रेसका १२ राजपा २ जना प्रदेश सांसद छन् । यो प्रदेशमा स्थानीय तहका प्रमुख उपप्रमुख १७६ गर्दा २२९ मतदता पुगेका छन् ।

झन्डै १५ करोड खर्च
यसैबीच, यो निर्वाचनका लागि झन्डै १५ करोड हाराहारी खर्च हुने भएको छ । आयोगका प्रवक्ता नवराज ढकालले ७ प्रदेशमा हुने सो निर्वाचनका लागि उक्त रकम खर्च हुने अनुमान गरिएको जानकारी दिए । निर्वाचनका लागि झन्डै ५ सय कर्मचारी खटिने छन् । एक प्रदेश बराबर एक निर्वाचन केन्द्र रहने उक्त निर्वाचनमा एक निर्वाचन अधिकृतको कार्यालयमा ११ जना र मतदान स्थलमा ९ जना कर्मचारी खटिनेछन् ।
साथै थप सहयोगका लागि अरु कर्मचारीहरु पनि खटाइने प्रवत्ता ढकालले बताए । यस्तै जिल्ला निर्वाचन कार्यालयका १० र निर्वाचन आयोगबाट २ सय गरी झन्डै ५ सय कर्मचारी खटिने भएका हुन् । राष्ट्रिय सभाको मत गणना बढिमा ३ दिनभित्र सक्ने योजना रहेको प्रवक्ता ढकालले बताए । यसका लागि माघ १५ गतेभित्र मतगणना निर्दे्शिका जारी गर्ने गरी काम भइरहेको समेत उनले बताए ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्