Logo
३ आश्विन २०८१, बिहीबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शपथ ग्रहणमा प्रदेशसभा सदस्य दीपक मनाङ्गे अनुपस्थित

पोखरा : देशभरका प्रदेशसभा सदस्यहरको सपथग्रहण कार्यक्रम अन्तरगत प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य राजिव गुरुग उर्फ दीपक मनाङ्गे शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्षको जेल सजायँ सुनाएको छ । त्यसलगत्तै उनी फरार छन् ।

प्रदेश चारका प्रदेश सांसदहरुको सपथग्रहण समारोह पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको हलमा आयोजना गरिएको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहण गरेलगत्तै सपथ ग्रहणको कार्यक्रम भएको थियो ।

मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको पद भने कायमै छ ।

 

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्