Logo
४ आश्विन २०८१, शुक्रबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच बैठक

काठमाडौं : पार्टी एकता लगायतका विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बैठक भइरहेको छ । ओलि निवास बालकोटमा यी दुई नेताबीच बेठक सुरु भएको हो । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच अहिले साढे ४ बजे बाट  भेटवार्ता सुरु भएको बताए ।

पार्टी एकतालाई निर्णायक मोड दिन एमाले र माओवादी केन्द्रका दुई अध्यक्षबीच शुक्रबार पनि करिब ३ घण्टा छलफल चलेको थियो । शुक्रबारको भेटमा प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा भागवण्डा मिलाउने साथै आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमती भएको थियो ।

हिजोको बैठकले आजपनि दुई नेताबीच बैठक र भोलि एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको थियो । भोलि एकता संयोजन समितिको बैठक पूर्वनिर्धारित भएकाले आजको बैठक निर्णायक हुने नेताहरुले बताएका छन् । आज भएका सहमतिहरुलाई भोलि हुने समितिको बैठकमा राखिने र त्यसपछि एकताले निर्णायक विन्दूतिर पुग्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति: Jan 20, 2018

प्रतिक्रिया दिनुहोस्