Logo
३ आश्विन २०८१, बिहीबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनकुटामा अझै ‘निषेधाज्ञा’ र ‘आमहड्ताल’ जारी

धनकुटा : स्थानीय प्रशासन र आन्दोलनकारीबीचको शुक्रबारको छलफल बिना निष्कर्ष टुंगिएपछि धनकुटामा निषेधाज्ञा र आमहड्ताल जारी छ। स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम गरेको छ भने प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहड्ताललाई निन्तरता दिएको छ। स्थानीय प्रशासनले शनिबार बिहान बजार क्षेत्रमा निषेधाज्ञा जारी रहेको माइकिङ गरेको थियो ।

बिहान ६ देखि ५ बजेसम्म यातायात, बजार, बित्तीय संस्था, शैक्षिक संस्था लगायतका क्षेत्र बन्द हुनेगरी आम हड्तालको घोषणा गरेको छ। शनिबार ११ बजे धनकुटा बजारमा विरोध प्रदर्शन गरी घर–घरमा कालो झण्डा र कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम छ। त्यस्तै जिल्लाका सबै सरकारी कार्यालयलाई दिउँसो १ बजेदेखि २ बजेसम्म काम नगरी ‘पेन डाउन’ गरेर बस्न अनुरोध गर्ने र जिल्लाबासीको नागरिकता संकलन गरेर स्थानीय प्रशासन मार्फत् सरकारलाई बुझाउने निर्णय गरिएको संयोजक श्रेष्ठले बताए ।

यता आन्दोलन संघर्ष समितिले शुक्रबार बेलुका बैठक बसेर आन्दोलनको कार्यक्रम थप बनाउने निर्णय गरेको छ।स्थानीय प्रशासनले निषेधाज्ञाकैही खुकुलो पारे पनि संघर्ष समितिको बैठकले आमहड्ताललाई ७ गतेसम्म निरन्तरता दिँदै विभिन्न आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ। धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउन अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा बसेको संघर्ष समितिले उक्त आन्दालेन घोषणाको निर्णय गरेको हो।

त्यस्तै आन्दोलनमा घाइते भएकाको राज्यबाट निःशुल्क उपचारको माग गर्दै समितिले प्रदेश नं. १ का १४ जिल्लामा रहेका माननीय र सरोकारवालासँग छलफल चलाउने, अबको आन्दोलनमा धनकुटाको सात स्थानीय तहलाई आन्दोलनमा सहभागिताका लागि अनुरोध गर्ने लगायतको कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति: Jan 20, 2018

प्रतिक्रिया दिनुहोस्