अढाइ किलो कोकिनसहित ठमेलबाट थाइ नागरिक पक्राउ
काठमाडौँ : राजधानीको ठमेलबाट प्रहरीले अढाइ किलो कोकिनसहित एक थाइ नागरिक र अर्का एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय लागू अौषध नियन्त्रण विभागले कोकिनसहित ती दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । बजारमा एक ग्राम कोकिनको मूल्य २० हजार रुपैयाँ पर्ने बताइएको छ।