बजार बन्द गराउदै प्रर्दशनमा उत्रिएपछि वडाध्यक्षसहित १३ पक्राउ
धनगढी : सडकको नाममा बजार बन्द गराउदै प्रर्दशनमा उत्रिएपछि प्रहरीले वडाध्यक्षसहित १३ पक्राउ गरेको छ ।मोहना पुल-अत्तरिया सडक ६ लेन नै बनाउनुपर्ने भनेर दबाब दिँदै शुक्रबार आयोजना गरिएको धनगढी बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेका वडाध्यक्ष बलबहादुर एेरसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बजार बन्द गराउँदै हिँडेका वडाध्यक्षसहित स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सडक ६ लेनकै बनाउन दबाब दिँदै विवेकशील साझाका प्रदेश संयोजक गोपाल हमाल पनि सडकमा ओर्लिएका छन् ।