Logo
४ आश्विन २०८१, शुक्रबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंककबाट स्वास्थ्य परीक्षणपछि ओली आज स्वदेश फर्किँदै

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली स्वास्थ्य उपचार गरी बिहीबार स्वदेश फर्कँदैछन् । थाइल्याण्डको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा भएको स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको उनको निजी सचिवालयले जनाएको छ। ओली स्वास्थ्य परीक्षणका लागि पुस २६ गते थाइल्यान्ड गएका थिए।

ओली साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्ड हुने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए। उनका अनुसार ओलीले विमानस्थल उत्रेलगत्तै पत्रकार भेटघाट गर्नेछन् । ओली पत्नी राधिका शाक्य, ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, डा. विद्या सिंह र डा. यादव भट्ट ओलीसँगै थाइल्यान्डमा छन् ।

गत भदौ दोस्रो साता नियमित उपचार गरी फर्केका ओली पछिल्लोसमय चुनावी व्यस्तताका कारण नियमित उपचारमा जान पाएका थिएनन् । ओलीको २०६४ साल असारमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्