Logo
३ आश्विन २०८१, बिहीबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीर्थालु चडेको ट्रयाक्टर पल्टिदा एक भारतीयको मृत्यु, १५ घाइते

नवलपरासी : भारतीय तीर्थालु बोकेको ट्र्याक्टर नवलपरासीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेला भर्न तीर्थालु बोकेर आउँदै गरेको युपी ५३ बी क्यू ०४२० नम्बरको ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा दुर्घटनामा परेको हो ।

घटनामा अन्य १५ जना तीर्थालु घाइते भएका छन् । मृत्यु हुने र घाइते सबै भारतीय नागरिक हुन् । दुर्घटनामा ट्रयाक्टर चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन् ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्