Logo
४ आश्विन २०८१, शुक्रबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाको सिट बाँडफाड : एमालेका २९, माओवादीका १४ उम्मेदवार (सूचीसहित)

काठमाडाैँ : एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । राष्ट्रियसभामा जम्मा ५९ जना सांसद रहने संबैधानिक व्यवस्था रहेको छ । जसमध्ये ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सांसद निर्वाचित हुनेछन् । वाम गठवन्धनले ४३ सिटका लागि मात्रै भागवण्डा मिलाएका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकले एमालेले २९ र माओवादीले १४ वटा सिट पाउने गरी भागवण्डा मिलाएका हुन् । सो प्रस्तावको अन्तिम टुंगो भने पार्टी एकता संयोजन समितिले लगाउने छ । राष्ट्रिय–सभाको निर्वाचन अागामी माघ २४ गते हुँदैछ ।

सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको छन् । कार्यदलको आज बसेको बैठकपछि नेता सुवास नेम्वाङले दुई दलले ४३ सिटमा साझा उम्मेदवारी दिने र १३ सिटमा साना दलसँग सहमति गर्ने गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाम गठबन्धनको ६ सदस्यीय कार्यदलले यस्तो सहमति गरेको हो । कार्यदलले तयार पारेको प्रतिवेदन दुवै पार्टीका शीर्ष नेता सम्मिलित पार्टी उकता संयोजन समितिसमक्ष पेश गरिने भएको छ ।

कार्यदलको प्रतिवेदन सुझाबका रूपमा रहने कार्यदल सदस्य नेम्वाङले बताए ।प्रतिवेदनमा उम्मेदवार चयनका लागि खुला, महिला, दलित र अल्पसंख्याक वा अपांगता भएका व्यक्तिको क्लष्टर अनुसार नै कहाँबाट कुन दलले कति उम्मेदवारी दिने भनी टुंग्याइएको नेता नेम्वाङले बताए । तर, विस्तृत विवरण भने सार्वजनिक गरेनन् ।

पार्टी एकताको समेत तयारीमा रहेका एमाले र माओवादी केन्द्रले यसअघि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि साझा उम्मेदवार उठाएका थिए । एमाले–माओवादीको संयुक्त कार्यदल बैठकले राष्ट्रिय सभाको सिटसंख्यामा भागवण्डा टुंग्याएको छ ।

कुन प्रदेशमा कति सिट पाउने गरी भागवण्डा ?

प्रदेश नम्बर १

एमाले ५
माओवादी १

प्रदेश नम्बर २

एमाले १
माओवादी १

प्रदेश नम्बर ३

एमाले ५
माओवादी १

प्रदेश नम्बर ४

एमाले ४
माओवादी २

प्रदेश नम्बर ५

एमाले ४
माओवादी २

प्रदेश नम्बर ६

एमाले ५
माओवादी ३

प्रदेश नम्बर ७

एमाले ४
माओवादी २

 

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्