Logo
३ आश्विन २०८१, बिहीबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरजुका ‘एसम्यान’ लाई नै राम्रो जिम्मेवारी, भन्दै बालुवाटारमा बबाल

काठमाडौं : पार्टी प्रवक्तामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यूवा नेता विश्वप्रकाश शर्मालाई नियुक्ति गर्दा बालुवाटारमा बबाल भएको छ । पार्टीको प्रभावशाली भूमिकामा रहेका देउवा विधान, हैसियत र शक्तिका आधारमा सर्वशक्तिमान छन्, तर यूवा नेता शर्मालाई प्रवक्तामा नियुक्त गर्न भने उनले धेरै सम्झौता गर्नु परेको छ । शक्तिशाली पार्टीको माथिल्लो ओहोदामा रहेका सभापति देउवाले एउटा प्रवक्ता नियुक्तिमा समेत धेरै निरिह बन्नु परेको छ । पार्टी भित्र देउवा जति शक्तिशाली देखिए पनि वास्तवमा उनको धरातल तासको घर झैं बन्न पुगेको छ । पार्टी भित्रै आफ्नै गुटमा देखिएको किचलो, असन्तुष्ट गुटको अबरोध र पारिवारिक दबाब र प्रभावले देउवा कमजोर बन्दै गएका हुन् ।

सभापतिको हैसियतले उनले बिधान बमोजिम दुई महिनाभित्र पार्टीका सबै संरचनालाई पूर्णता दिनु पर्ने दायित्वबाट देउवा पन्छिएको धेरैले अड्कलवाजी गरे पनि त्यो उनको वाध्यता भएको वालुवाटार स्रोत बताउँछ । आर्थिक उपार्जन नहुने वा द्रव्य प्राप्ती नहुने सन्दर्भमा देउवालाई सिन्को भाच्न पनि उनको सचिवालयले दिँदैन् । प्रधानमन्त्री समेत भएका पार्टी सभापति देउवालाई उनका हरेक कदममा गेट किपरको काम गरेकी छन्, प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले । डा. आरजुको अघि कांग्रेसका एक से एक प्रभावशाली नेता पनि फिक्का हुने गरेका छन् । यसको पछिल्लो उदाहारण पार्टी प्रवक्तामा यूवा नेता विश्वप्रकाश शर्माले नियुक्ति गर्दा आरजुले गरेको बबाललाई लिन सकिन्छ ।

पार्टी भित्रकै असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेल, तेश्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौला, बेग्लै गुट सञ्चालन गर्दै आएका प्रभावशाली नेता खुमबहादुर खड्का र आफ्नै गुट भित्र उपगुट सञ्चालन गरिरहेका महेन्द्र नारायण निधि पुत्र विमलेन्द्रले असहयोग गरेपछि आफ्नै पद नैं धरापमा पर्ने हो कि भन्ने त्रासमा देउवा रहेका छन् । यसै मेसोमा आफ्नै गुटका प्रभावशाली यूवा नेता दुई भाई चन्द्र भण्डारी र विश्वप्रकाश शर्माले यूवाहरुको बेग्लै अभियान सञ्चालन गरेपछि सभापति देउवा धेरै त्रसित थिए । उनी यूवाहरुको यो अभियानलाई जसरी भए पनि फुटाउन चाहन्थे ।

उनले यूवा नेता विश्वप्रकाश शर्मालाई सबैभन्दा उपयुक्त पात्र भनेर छनोट गरेका थिए । आफ्नो पद, प्रतिष्ठा र ख्यातिलाई बचाउन विश्वको शरणमा पुगेका देउवाले जब उनलाई प्रवक्ता दिन खोजे तव आफ्नै परिवारका सदस्य चुनौतिको रुपमा उभिएको पाए । तर देउवाले एकल निर्णयबाट आग्रह, पूर्वाग्रह, प्रभाव र निगाहलाई वेवास्था गर्दै विवेकबाटै विश्वलाई प्रवक्ता बनाई छाडेका छन् । विश्वलाई प्रवक्ता बन्नबाट रोक्न देउवा पत्नी डा. आरजुले ठूलै प्रयास गर्नु परेको थियो । तर देउवाले पत्नीको समेत कुरा नसुनि निर्णय गर्नु पर्दा देउवा गुटमै रुवाबासी र कोकोहोलो मच्चिएको छ ।

विश्वलाई पुस २५ गते मंगलबार नैं प्रवक्ता बनाउने बिषयमा आफ्नो गुट भित्र सल्लाह गर्ने देउवाले योजना बनाएका थिए तर विश्व आफैले गुटसँग सम्झौता गरेर प्रवक्ता लिनु छैन भनेर आफ्नो अडान राखेपछि देउवाले भोलीपल्टै पुस २६ गते उनलाई नियुक्ति दिएका थिए । देउवाले श्रीमती डा. आरजुलाई थाहै नदिइ २६ गते प्रवक्ता चयन गरेका हुन् । उनलाई प्रवक्ता चयन गर्ने निष्कर्षमा पुगेका देउवाले विज्ञप्ती जारी गर्न मुख्य सचिव कृष्णप्रसाद पौडेललाई आदेश दिँदै गर्दा समेत निर्णय रोकिन लागेको थियो ।

देउवाले श्रीमती आरजुको समेत आग्रहलाई नसुनी विश्वलाई प्रवक्ता नियुक्ति गर्नुलाई वालुवाटारका किचन क्याविनेटका सदस्यले आश्चर्यको रुपमा लिएका छन् । आरजुले विश्वका बिषयमा गुट भित्र छलफल गरी सल्लाहबाट निर्णयमा पुग्नु पर्ने प्रस्तावलाई देउवाले अश्विकार गरेका छन् । वालुवाटारमा प्रधानमन्त्रीका दुई सहयोगी केशव जोशी र प्रेस विज्ञ गोविन्द परियारले आरजुका खातिरदारी गर्दै विश्व वालुवाटार आएको सूचना दिएका थिए ।

विश्वले आफ्नो चाकडी नगरेको र आफूप्रति व्यक्तिगत रुपमा समर्थक नभएको भन्दै आरजुले आफ्नै कोटरीका नेतालाई छलफलको लागि बालुवाटार बोलाएकी थिइन् । आरजुले आफ्नो गुटलाई विश्वको नियुक्तिले घाटा लाग्ने, असन्तुष्टी बढ्ने र आफ्नो गुुटको हितअनुकुल विश्व नचल्ने भन्दै प्रधानमन्त्री देउवालाई अनुनय विनय समेत गरिन तर देउवा एकोहोर भनिरहेका थिर्ए मैले निर्णय गरिसकेँ अब पछि फर्कन्न ।” देउवाको अडानबाट अत्तालिएकी आरजुले तत्काल आफ्ना गुटका सारथहरु अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र रमेश लेखकलाई खबर गरिन । सबैले विश्वलाई हुदैन, निर्णय रोक्न लगाउनुस भन्दै थिए । तर साँझ वालुवाटार पुगेका मुख्य सचिवलाई देउवाले भन्दै थिए विज्ञप्ती छिटो मिडियामा पठाउ।

देउवाले विश्वलाई प्रवक्ता बनाउने निर्णय गरेपछि दुवै नेताबीच वान टु वान १५ मिनेट छलफल भएको थियो । त्यो गोप्य छलफलमा देउवाले विश्वलाई आफु अनेकौं गुट उपगुट र शक्तिकेन्द्रको घेराबन्दीमा परेकोलले आफुलाई सहायता गर्न आग्रह गरेका थिए । भित्र देउवा र विश्वले चियाको चुश्की लगाउँदै गर्दा आरजु म्याडमको रुपमा भने कार्की, खाँड, महत र लेखकले बबाल गरिरहेका थिए । उनीहरुलाई आरजु म्यामले सम्झाउँदा सन्नाटा मात्र छाएको होइन, रुवावासी नैं चलेको थियो । आरजु म्यामको निगाहमा जागिर खाएका जोशी र परियारले भने समयमा सूचना प्रवाह गर्न नसकेको भन्दै खप्की खाएका थिए ।

पछि देउवा र देउवा पत्नीबीच पनि सहमति भएको थियो । बालुवाटार श्रोतका अनुसार आरजुलाई केन्द्रीय सदस्य, महतलाई प्राचार विभाग प्रमुख, खाँडलाई संगठन विभाग प्रमुख र लेखकलाई पछि राम्रो जिम्मेवारी दिने सहमति भएको छ । त्यो सहमति नभएसम्म आरजुले देउवालाई अबरोध गर्ने चेतावनी दिए पछि देउवा यस्तो सम्झौता गर्न वाध्य भएको स्रोत वताउँछ । यसअघि सभपाति देउवाले यूवा नेता गगन थापालाई पार्टी प्रवक्ता बनाउने भनी गरेको निर्णयलाई आरजुका सारथीहरु खाँड, महत लेखकसहित विमलेन्द्रले समेत रोकेका थिए । देउवाले प्रवक्तामा खाँड, महत र लेखक तिनै जनाले आशा गरेकोले उनीहरुलाई चित्त बुझाउनु पर्ने आफ्नो दायित्व वोझको रुपमा देखिएको समेत गुनासो गरेका थिए ।

देउवाले गत असारमै प्रधानमन्त्रीको सल्लाहकारमा बस्न शर्मालाई आग्रह गरेका थिए । शर्माले स्वीकार गरेपछि आरजुको किचन क्याविनेटले उनको नाम सद्धर नगरेपछि देउवा निरिह बन्नु परेको थियो । आफनै गुटका प्रभावशाली नेता निधि आफुसँग बेखुस रहेको बेला देउवाले आफ्नै गुट भित्रको किचलो मिलाउन हम्मे हम्मे भएकोछ । पार्टीको १३ औं महाधिवेशनबाट आफूलाई सहयोग गरेका अर्जुननरसिं केसी र चन्द्र भण्डारी खुलेर आफुबिरुद्ध लागेपछि देउवा अत्तालिएका छन् । देउवा यतिवेला सिटौला, खड्का र महामन्त्री सशांक कोइरालासँग सहयोग र समर्थनको भिक्षा मागिरहेका छ्न् । सिटौला र खड्काले समर्थनको लागि अघि सारेको सर्तप्रति देउवा निरपेक्ष छन भने महामन्त्री कोइरालाको प्रस्ताव प्रति सकारात्मक बन्दै गएका छन् ।

विपक्षी र असन्तुष्टहरुले केन्द्रीय कार्य समिति बैठकमार्फत महासमिति बैठकमा आफूलाई अप्ठ्यारोमा पारेमा उपसभपाति र महामन्त्री मनोनित गर्ने र त्यसमा एक एक जना महिला हुर्नै पर्ने प्रस्ताव अघि सार्ने भएका छन् । यस्तो अवस्थामा देउवा डा. शसांक कोइरालालाई कार्यवाहक सभापति दिएर उपसभापतिमा कोइराला परिवारकै सदस्य गिरिजापुत्री सुजाता र महामन्त्रीमा डा. आरजुलाई नियुक्त गर्न चाहन्छन्, जनप्रहारमा उल्लेख छ । देउवाले अर्को महामन्त्रीमा भने ज्ञानेन्द्रबहादुर कार्कीलाई नैं अघि सारेका छन् । सम्भव भए सत्तामा सहभागी हुने र सम्भव नभए रामचन्द्र पौडेलको गुटलाई कमजोर बनाउँदै देउवा सिटौला र खड्का गुटलाई प्राथमिकता नदिने सोचमा रहेको स्रोतले बतायो ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्