Logo
४ आश्विन २०८१, शुक्रबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबार एमाले अध्यक्ष ओली नेपाल फर्कने

काठमाडौँ : स्वास्थ्य उपचारका लागि थाइल्यान्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते बिहीबार नेपाल फर्कने भएका छन् ।

नियमित स्वास्थ्य जाँचका सिलसिलामा ‌‌ओली पुस २६ मा बैंकक गएका थिए । उनी माघ ४ गते विहीबार दिउँसो १२.३० मा स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।

चिकित्सकले थप केही दिन उतै बस्न र आराम गर्न सल्लाह दिएपछि उनको बैंकक बसाइ लम्बिएको उनी निकट स्राेतले जानकारी दिएको हो।

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्