Logo
४ आश्विन २०८१, शुक्रबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौडेल कड्किएपनि ‘यीनको बानी नै यस्तै’ भन्दै देउवाले गरे बेवास्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तत्काल केन्द्रिय कार्य समिति बैठक बोलाउन दबाब दिएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले आज सभापति देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले देउवालाई यस्तो दबाब दिएका हुन् ।

भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधिको पनि सहभागिता रहेको थियो । उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन् । प्रधानमन्त्री देउवा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह मात्रै गरेनन बरु विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई निर्देशन दिएका छन् ।

पछिल्लो समय नेता पौडेलले देउवाविरुद्ध निरन्तर भेला तथा बैठक समेत सञ्चालन गर्दै आईरहेका छन् । हिजोमात्रै नेता पौडेलले सिटौला र अर्जुनरसिंह केसीसँग महाराजगञ्जको एक होटेलमा विशेष वार्ता गरेका थिए । आजको भेटमा समेत देउवाले पार्टी संकटमा रहेको बताउँदै करेक्सन गरेर नवजीवन दिन सभापतिलाई आग्रह गरे । जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने बताउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको बताएका थिए । उता, निरन्तर पौडेल समुहमा गोप्य छलफल भएपनि खासै उपलब्धि हुन नसकेको चर्चा चलेको छ । कांग्रेसमा पौडेल पक्ष सशक्त भएर ड्किएपनि देउवाले वास्ता नगरेको एक नेताले बताए ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्