Logo
१० मंसिर २०८१, सोमबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावपछि सरकारले करोडौं बाँड्यो

काठमाडौं : चुनावपछि सरकारले करोडौं बाँडेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताका नाममा साढे १६ करोड रुपैयाँ बाँडेको हो।

नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते गरी ८ सय ७३ जनालाई राज्यको ढुकुटीबाट १६ करोड ५३ लाख ५० हजार रुपैयाँ बाँडेको पाइएको छ ।

नागरिकका अनुशार, असहाय जनतालाई औषधि उपचारका लागि सरकारले आर्थिक सहायताको नाममा उपलब्ध गराउने रकम पाउने थोरै मात्र वास्तविक बिरामी हुन्छन् ! आर्थिक सहायता प्राप्त गर्ने अधिकांश दलका पहुँचवाला नेता तथा कार्यकर्ता नै छन् !

गृह मन्त्रालय स्रोतले भन्यो,‘यस्तो निर्णय सिधै मन्त्रिपरिषदबाट हुने हुँदा मन्त्रालयबाट रोक्न सकिँदैन ।’

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्