Logo
३ आश्विन २०८१, बिहीबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘फलोअप’ उपचारका लागि प्रचण्ड पत्नी सीता दाहाल दिल्ली तर्फ

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेहलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् । विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी थिइन् । अहिले पनि बेला–बेला अर्धमूर्छित अवस्थामा देखिन्छिन् । बुवा जानुहुन्न, हामी जाँदै छौं,’ भरतपुर महानगरकी मेयर रेणुले भनिन्, ‘मेदान्तमा आमाको फलोअप उपचार हुन्छ । डाक्टरको सल्लाहका आधारमा उपचार गरेर फर्किन्छौं ।’

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्