Logo
३ आश्विन २०८१, बिहीबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड परिवारसँग राष्ट्रपतिको जमघट तर सिर्जना त्रिपाठी अनुउपस्थित

काठमाडौं : सधैभरी राजनीतिक माहोलमा देखिने गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवि भण्डारीले शुक्रवार साँझ पारिवारिक गुडफ्राइडे मनाएका छन् । शुक्रवार राष्ट्रपति भण्डारीले प्रचण्डको सम्पूर्ण परिवारलाई शुक्रबार साँझ शीतल निवासमा बोलाइन् र डिनर दिइन् । दिउसो म्याग्दीको एउटा कार्यक्रमका लागि म्याग्दी पुगेका प्रचण्ड बेलुकी काठमाडौं फर्कनासाथ परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए ।

 

राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता दाहालका अलावा भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रणब र प्रसिद्ध सहभागी थिए । अर्की बुहारी सिर्जना त्रिपाठी भने त्यो जमघटमा सहभागी भइनन् ।

यसैगरी जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरीहरु समेत राष्ट्रपति निवास पुगेका थिए । बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो ।

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्