Logo
३ आश्विन २०८१, बिहीबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ : भारतीय सेनाध्यक्ष

काठमाडौं : भारतको स्थल सेनाध्यक्ष विपिन रावलते चीनसँग युद्ध गर्नको लागि भारतले आफ्ना छिमेकीहरुसँग राम्रो सम्बन्ध बढाउनुपर्ने जनाएका छन् । शुक्रबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा बोल्दै सेनाध्यक्ष रावलले चीन र भारतबीच युद्ध गरेर मात्रै हारजीत नहुने बताएका छन् ।

उनले नेपाल बंगलादेश लगायत छिमेकीहरुको नाम नै लिएर चीनसँग लडाईं नै गर्ने हो भने पनि यस्ता मुलुकहरुलाई भने भारतले हातमा लिनुपर्ने बताएका छन् । उनले सेनाको हिसावले भारत र चीन दुबैको शक्ति बराबर रहेको भन्दै विश्व शक्तिको रुपमा उदाएका यी दुई मुलुकबीच सेना र युद्ध मात्रै भन्दापनि कूटनीतिक रुपमा पनि भारतले जित्नु पर्ने जनाएका छन् ।

चीनसँग सबै हिसावले जित्नको लागि भारतले सबैभन्दा पहिले त आफ्ना छिमेकीहरुसँगको सम्बन्धलाई सुधार गर्नुपर्ने जनाएका छन् । उनले अन्यत्र जस्तो त्यति धेरै समस्या ग्रस्त नभएको भएपनि देशको उत्तरी सीमामा विकासका कामहरु र सैन्य उपस्थिती पनि बढाउनु पर्ने बताएका छन् ।

 

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्