Logo
३ आश्विन २०८१, बिहीबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रवार अदालत गएनन् प्रधानन्यायाधीश पराजुली

काठमाडौ : पछिल्लो समय बिवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली शुक्रवार अदालत गएका छैनन् ।अदालतमा अनुउपस्थित भएपछि प्रधानन्यायाधीशबारे शुक्रवार सर्वोच्च अदालत परिसरमा निकै चर्चाको बिषय बनेको छ ।

उनी विरुद्ध नै मुद्दा चलेपछि कतै त्यसैकारण आएनन् की भन्ने चर्चा पनि चलेको छ तर प्रधानन्यायाधीश पराजुली पूर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्न गएको सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।प्रधानन्यायाधीश पराजुली बिहान साढे ८ बजे हेलिकोप्टरबाट पूर्वी रुकुम गएका हुन् ।

डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बुधबार गरेको आदेशमा आफ्ना दुवै नागरिकताका प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, उमेरसम्बन्धी निर्णय मगिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता मगाएर सर्वोच्चले छानबिन गर्न थालिसकेकाले उनलाई निलम्बन गरिनुपर्ने माग डा. गोविन्द केसीले लगाउँदै आएका छन् ।

 

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्