Logo
११ मंसिर २०८१, मंगलबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाँदै

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै छन् । निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जान लागेका हुन् निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारण उनी जान सकेका थिएनन् ।

ओली बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । स्वास्थ्य परीक्षण गराई ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराएर जान लागेका हुन् ।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जाँदै छन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्