Logo
९ मंसिर २०८१, आईतबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन् : डा. केसी

काठमाडाैं : अदालतको अभेल्ना मुद्दामा बयान दिन सर्वोच्च पुगेका प्रा. डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका छन् । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहानै अदालत लगिएको थियो ।

सर्वोच्च अदालतमा बयान दिदै डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको भन्दै आरोप समेत लगाएका छन् । उनले भनेका छन – “उहाँ न्यायाधीश हुन अयोग्य मान्छे हो, उहाँमाथि छानविन होस् ।’  उनले न्यायालयको अपमान गर्ने कुनै मनसाय नभएको तर, भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध लड्ने आफूले यो कदम सारेका बताएका छन् ।

उनले अदालतमा दिएको बयान जस्ताको तस्तै :

मेरो अदालतप्रति धेरै नै निष्ठा छ। मैले अदालतको अपमान गरेको छैन । गोपाल पराजुलीले गरेका निर्णय र कार्यहरुले नै न्यायापालिकको उल्टै मानमर्दन गरेका कारणले त्यसविरुद्ध विशेष सचेत नागरिकको हैसियतले मैले आवाज उठाएको मात्र हो। प्रधानन्यायाधीश गोपाल पराजुलीका दुई वटा नागरिकता छन्। उहाँले उमेर सच्चाएर नागरिकता लिनु भएको छ ।त्यसबारे तत्काल छानबिन हुनुपर्छ । कुनै पनि नागरिकले दुईवटा नागरिक बोक्न पाउँदैन। त्यसो गर्नु आपराधिक कार्य हो, उहाँले आपराधिक काम गर्नुभएको छ । त्यस्तो आपराधिक काम गर्ने व्यक्ति प्रधानन्यायाधीश हुन सक्दैन, उहाँले तुरुन्त राजिनामा दिनु पर्छ । उहाँमाथि कारवाही हुनुपर्छ, उहाँले एसएलसी पास गर्नुभएको छैन । एसएलसी नै पास नगरेको व्यक्ति प्रधान न्यायाधीश कसरी हुन सक्छ ? त्यसमाथि पनि छानबिन भई कारवाही हुनुपर्छ । सर्वोच्चका बहालवाला रजिस्ट्रार नहकुल सुवेदीलाई ६ महिनाको अन्तरालमा तीनपटक प्रमोसन दिइएको छ । त्यो कुन काननुले अनुमाति दियो ? ‘रुल अफ ल’को अध्ययन भएको भएन, त्यस विषयमा पनि छानबिन हुनुपर्छ । त्यसबारे जानकारी पनि पाउँ ? उहाँले गरेका विभिन्न कामले पनि अदालतको अवहेलना गरेको छ। उहाँमाथि अदालतको अवहेलनासम्बन्धी कारवाही होस् ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्