Logo
२० कार्तिक २०८१, मंगलबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको नयाँ भिषा नीति : करिव ५ लाख भारतीयलाई देश फर्किनुपर्ने

अमेरिकाले एच वान वी भिषा नीतिमा परिवर्तन गर्दै नयाँ नियम बनाउको छ । यो संगै ट्रम्प प्रशासनको योजनाअनुसार नीतिगत परिवर्तन भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारले अमेरिका सेटल हुने सपना छाडेर स्वदेश फर्किन बाध्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ ।  दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ ।

उच्च आम्दानी भएका कामहरुमा स्वदेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीति अन्तर्गत यस्तो परिर्वतन गर्न लागिएको हो । खासगरी सूचना प्रबिधि क्षेत्रमा झण्डै ५ लाख भारतीय दक्ष जनशक्तिले एचवानवी भिषामा रहेर काम गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

यसरी एचवान बी भिषामा काम गर्ने बिदेशी कामदारहरुले ग्रिन कार्ड प्राप्त गर्नका लागि झण्डै १० देखि १२ बर्षसम्म संर्घष गर्नुपरिरहेको छ । तर, अब ६ बर्षभित्रमा ग्रिनकार्ड पाउन नसके अमेरिका बसिरहन नपाउनेगरी ट्रम्प प्रशासनले कानुन परिवर्तन गर्न लागेको छ ।

नयाँ ब्यबस्थाअनुसार अब बिदेशी कामदारलाई सुरुमा तीन बर्ष र एकपटक नवीकरण गरेर अर्को तीन गरी कुल ६ बर्षको एचवानबी भिषा दिइनेछ । यदि ६ बर्षको अन्त्यसम्ममा पनि उक्त बिदेशी कामदारले ग्रिनकार्ड हात पार्न सकेन भने एचवान बी भिसा नवीकरण गरिने छैन । अर्थात् अमेरिकी ग्रिन कार्ड हात पार्ने उसको सपना बिचमै छाडेर उ स्वदेश फर्किनुपर्ने छ ।

 

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्