Logo
९ मंसिर २०८१, आईतबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेजाभु क्लबका पाँच सञ्चालक ४५ हजार धरौटीमा छुटे

काठमाडौं : चर्चित अमेरिकी डिजे मार्समेलोको कार्यक्रमका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका क्रिकेटर पृथु बास्कोटासहितका डेजाभु क्लबका पाँच सञ्चालक जनही ४५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । काठमाडौं प्रहरी परिसरमा दर्ता भएको मुद्दामा उनीहरुमाथि करिब ३३ लाख रुपैयाँ ठगी गरिएको आरोप लागेको थियो । मार्समेलोले भने आफू विरामी भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेको स्पष्टीकरण सामाजिक सन्जालमार्फत दिएका थिए ।

केही साताअघि राजधानीको चर्चित नाइट क्लब डेजाभुमा मार्समेलोले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भए पनि उनी नआएपछि आक्रोशित दर्शकले मध्यरातमा तोडफोड गरेका थिए । त्यसको भोलिपल्ट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेजाभुका सन्चालक र मार्समेलो कार्यक्रम आयोजक रितेश मारवाडी र राजिव महर्जनलाई पक्राउ गरेको थियो । रितेश र राजिव जनही दुई लाख १५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

 

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्