Logo
२० कार्तिक २०८१, मंगलबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन : प्रदेश प्रमुख र राजधानीबारे निर्णय भएन

काठमाडौँ : सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषय भने अर्को बैठकले मात्रै गर्नेछ ।

बैठकमा प्रदेश प्रमुखहरूको विषयमा छलफल भएको पनि वैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । ‘केही व्यक्तिहरु बारे कुरा भएको हो । तर, निर्णय गरिएन । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा लाई पनि प्रदेश प्रमुख को लागि आग्रह गरिएको तर उहाँले अस्वीकार गर्नुभयो भन्ने कुरा पनि आएको थियो,’ ती मन्त्रीले भने ।

यसैवीच शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो तीन बजे प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय सभा चुनावको मिति, प्रदेश प्रमुख नियुक्ति विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्